दफा ५७
चालक अनुमतिपत्र स्वत
रद्द हुनेः (१) दफा ५६ को उपदफा (४) बमोजिम निर्धारित अवधिसम्म पनि नवीकरण नगरिएको चालक अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
(२) उपदफा (१) बमोजिम रद्द भएको चालक अनुमतिपत्रको लगत दर्ता किताबबाट कट्टा गरिनेछ ।
(३) उपदफा (२) बमोजिम दर्ता किताबबाट लगत कट्टा भईसकेको चालक अनुमतिपत्र नवीकरण गरिने छैन ।